७ आश्विन २०८३, बुधबार | September 23, 2026

चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा



भक्तपुर । चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ रु एक लाख १० हजार धरौटी बुझाएर रिहा भएका छन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आजै धरौटीमा छाड्न आदेश दिएको थियो ।

२०८१ भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले चक्रे मिलनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

यही साउन १५ गते जन्मदिन मनाइरहँदा काठमाण्डौँको महाराजगञ्जस्थित साम्बाला होटलबाट मध्यराती चक्रे मिलन पक्राउ परेका थिए । प्रहरीले उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरी वृत्त थिमिमार्फत सरकारी वकिलको कार्यालय भक्तपुरमा साउन २३ गते बयान गराएको थियो ।

आजै बकपत्र र थुनछेक बहस सकिएपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : ३९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज