१८ आश्विन २०८३, आइतबार | October 4, 2026

बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई पाँच हजार



सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई आइतबार राहतस्वरुप पाँच हजार रुपैयाँ वितरण गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा नम्बर १ का वडाध्यक्ष दिनेश्वर मिश्रले राहत हस्तान्तण गरे ।

युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रतिबालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

सो राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष सिंहले राहत रकम घरखर्चमा नभई बालबालिकाको हितमा खर्च गर्न आग्रह गरे ।

खाँडो खोलाको बाढीले वर्षेनी बेल्ही गाउँ प्रभावित बन्दै आएको छ । यस्तै महुली, जिता खोला र सप्तकोशी नदीको सिपेजका कारण वडा नम्बर ४ कोइलाडी र वडा नम्बर ५ कोइलाडी बर्साइन प्रभावित बन्दै आएको छ ।

कोइलाडी र कोइलाडी बर्साइनका बाढी प्रभावितलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम अधिकृत झाले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ६ : २९ बजे

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य

गगन थापाले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय