७ आश्विन २०८३, बुधबार | September 23, 2026

चौथो स्थापना दिवस देशभर कार्यक्रम गरी मनाउने एकीकृत समाजवादीको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही भदौ ९ गते चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीले देश तथा विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई समेत दिवस मनाउन आह्वान गरेको छ । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठन तथा विभिन्न विभागहरूले सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तर्क्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायतका रचनात्मक कार्यक्रम गर्ने तयारी गरिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

त्यसैगरी, केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने मुख्य कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ । उक्त कार्यक्रममा “नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, चुनौती र कार्यदिशा” विषयक गोष्ठीसमेत हुनेछ । सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नेपाली कम्युनिष्ट आन्दोलनको योगदानबारे प्रस्तुति दिनेछन् ।

पार्टीका शीर्ष नेताहरूले वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा देखिएका वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे समीक्षा गर्ने कार्यक्रमसमेत रहेको छ ।

नेपालमा २००६ सालमा भारतको कोलकातामा कम्युनिष्ट पार्टी स्थापना भएदेखि विभिन्न चरणमा पार्टी फुटफुट हुँदै आएको छ । तत्कालीन नेकपा (एमाले)सँग वैचारिक असहमति जनाउँदै २०७८ साल भदौ ९ गते कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने उद्देश्यले नेकपा (एकीकृत समाजवादी)को स्थापना भएको थियो ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : ३५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज