१० माघ २०८२, शनिबार | January 24, 2026

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते



बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना भाइते भएका छन् ।

रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नंको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । बा प्र ०३–००५प ९०६९ नंको मोटरसाइकल ना७ख ५०१० नंको बसमा समेत ठोक्किएको थियो ।

दुर्घटनामा बा प्र ०३–००५प ९०६९ नंको मोटरसाइकल पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठको र ४८ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएकोमा कविताको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जना श्रीमान् श्रीमती हुन् ।

दुर्घटनामा परी गम्भीर कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  १० : १५ बजे

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध