१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘बर्का अट्वारी पर्वले सबैमा समृद्धिको भावना जागृत’



देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको महान् चाड बर्का अट्वारी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । थारू समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाइचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

“प्रकृतिपूजक थारू समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यस पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “प्रदेशभित्रका सबै जाति, समुदायका मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनप्रति प्रतिबद्धता छ ।”

उनले नेपाल बहुजाति, बहुसंस्कृति र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यहाँका विविध धर्म, भाषा र संस्कृतिले नेपालको गौरवलाई अझ बढाएको बताएका छन् । त्यसैअन्तर्गत थारू समुदायमा परापूर्वकालदेखि निरन्तरता पाइरहेका मौलिक परम्परामध्ये बर्का अट्वारी पर्व महत्त्वपूर्ण पर्वका रूपमा स्थापित भएको उनको भनाइ छ ।

बर्का अट्वारी पर्वमा विशेषगरी थारू पुरुषहरूले उपवास बस्ने, निराहार व्रतका साथ सूर्यको पूजा गर्ने धार्मिक र सांस्कृतिक परम्परा रहेको छ । थारू समुदायले सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्दै आएका छन् । यस पर्वले धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बसोबास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले मौलिक कला, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर प्रतिबद्धता जनाउँदै आएको उल्लेख गर्दै उनले यसले पर्यटन विकासमा समेत योगदान पुर्याउने बताए ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ८ : २२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा