१६ बैशाख २०८३, बुधबार | April 30, 2026

‘बर्का अट्वारी पर्वले सबैमा समृद्धिको भावना जागृत’



देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको महान् चाड बर्का अट्वारी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । थारू समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाइचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

“प्रकृतिपूजक थारू समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यस पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “प्रदेशभित्रका सबै जाति, समुदायका मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनप्रति प्रतिबद्धता छ ।”

उनले नेपाल बहुजाति, बहुसंस्कृति र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यहाँका विविध धर्म, भाषा र संस्कृतिले नेपालको गौरवलाई अझ बढाएको बताएका छन् । त्यसैअन्तर्गत थारू समुदायमा परापूर्वकालदेखि निरन्तरता पाइरहेका मौलिक परम्परामध्ये बर्का अट्वारी पर्व महत्त्वपूर्ण पर्वका रूपमा स्थापित भएको उनको भनाइ छ ।

बर्का अट्वारी पर्वमा विशेषगरी थारू पुरुषहरूले उपवास बस्ने, निराहार व्रतका साथ सूर्यको पूजा गर्ने धार्मिक र सांस्कृतिक परम्परा रहेको छ । थारू समुदायले सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्दै आएका छन् । यस पर्वले धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बसोबास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले मौलिक कला, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर प्रतिबद्धता जनाउँदै आएको उल्लेख गर्दै उनले यसले पर्यटन विकासमा समेत योगदान पुर्याउने बताए ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ८ : २२ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात