२६ बैशाख २०८१, बुधबार | May 9, 2024

भैरहवाको बालसुधार गृहलाई एक लाख बराबरको सहयोग



भैरहवा । एडभोकेसी फोरम नेपाल प्रदेश ५ र नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगरले भैरहवामा रहेको बाल सुधार गृहलाई एक लाख रुपैयाँ बराराबरको आवश्यक सामाग्री सहयोग गरेका छन् ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर सोमबार यी दुई संस्थाले सुधार गृहमा रहेका ७३ जना बालबालिकालाई तत्काल आवश्यक सामाग्री सहयोग गरेका हुन् ।

बालबालिकालाई तातोचिसो खानेपानीका लागि दुईवटा कम्प्रेसर मेसिन, प्रत्येक बालबालिकालाई एकएक थान झोला, मास्क, सेनिटाइजर, सावुन, पानी पिउने बोत्तल, टबेल सहयोग गरेको दुवै संस्थाका अध्यक्ष समेत रहेका अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए ।

यस्तै, क्यारेम्बोड, लुडो, चेस लगायतका खेलकुद सामाग्री सुधार गृहकी प्रमुख बाल संरक्षण अधिकृत सुभद्रा गौतमलाई हस्तान्तरण गरिएको बाल कल्याण संस्थाका उपाध्यक्ष अधिवक्ता धर्मबहादुर खड्काले बताए ।

दिवसको अवसरमा सुधार गृहमा रहेका बालबालिकाबीच गरिएको बाल सुधार गृह र बालबालिका विषयक् कविता लेखन तथा चित्रकला प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय भएकालाई पुरस्कार समेत प्रदान गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बालबालिकालाई अत्यावश्यक सामाग्री सहयोग गरेर दुई संस्थाले सहारनीय काम गरेको जनाए ।

अधिकारीले सुधार गृहमा रहेका बालबालिकाले कष्टकर जीवनयापन गरिरहेको जनाउँदै निरन्तर सहयोग गरी उनीहरुको अधिकार संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष गौडेलले मनोरञ्जनात्मक क्रियाकलापसमेत गर्न नपाउँदा बालबालिका विक्षिप्त भइरहेको जनाउँदै तत्काल आवश्यक सामाग्री हस्तान्तरण गरे पनि आउँदा दिनमा उनीहरुको आवश्यकताका आधारमा थप सहयोग गर्दै जाने जनाए ।

उपाध्यक्ष खड्काले सबैको सहयोग भएका सुधार गृहमा रहेका बालबालिकाको मनोविज्ञानमा राम्रो परिवर्तन आउन सक्ने बताउँदै सानो सहयोगले उनीहरुले झेल्दै आएको दुःख अन्त्य हुने बताए ।

रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता नरसिंह चौधरीले बालअधिकार संरक्षणका कुरा गरेर मात्र नहुने जनाउँदै उनीहरुको अधिकार सुनिश्चितताका लागि दैनिक आवश्यकता परिपूर्ति पनि जरुरी रहेको बताए ।

सुधार गृह प्रमुख गौतमले दैनिक प्रयोगमा आउने सामाग्रीको अभाव भइरहेका बेला एडभोकेसी र बाल कल्याणले गरेको सहयोगबाट बालबालिकालाई थप सहजता भएको जनाइन् ।

महासचिव अधिवक्ता दिलीपकुमार मल्लिकले सानो सहयोगले बालबालिकाको बृद्धि, विकासमा टेवा पुग्ने जनाउँदै आउँदा दिनमा सहकार्य गर्दै अघि बढ्ने जनाए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ३ : १६ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s