१४ असार २०८३, आइतबार | June 28, 2026

काँग्रेसलाई पुनःजीवित बनाउन आवश्यक छ : पूर्वमन्त्री भण्डारी



तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीलाई पुनःजीवित गराउन आवश्यक रहेको बताएका छन् ।

स्कूल अफ डेमोक्रेसी तनहुँको दमौलीमा सोमबार आयोजित पदस्थापन कार्यक्रममा उहाँले कमजोर बन्दै गएको पार्टीलाई बलियो बनाउन पुनःजीवित र पुनःसङ्गठनको आवश्यकता रहेको बताएका हुन् ।

पूर्वमन्त्री भण्डारीले काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताए । उनले काँग्रेसले हिजो कुन विचार बोकेर अगाडि बढ्यो, के थियो काँग्रेसको मूल सिद्धान्त र विचार त्यसतर्फ सोच्नुपर्ने बेला आएको जिकिर गरे ।

काँग्रेसले स्पष्ट नीति बनाउन नसक्ने र आफ्नै मौलिकता र पहिचान जोगाउन नसक्ने हो भने काँग्रेस समाप्त हुने उल्लेख गर्दै उहाँले राष्ट्रवादी शक्तिलाई जोड्न नसके काँग्रेस पनि समाप्त हुने र काँग्रेस समाप्त हुँदा लोकतन्त्र पनि समाप्त हुने बताए। उनले भने, “देशको स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको अधिकारका विरुद्धमा कुनै पनि प्रकारका शक्तिको चलखेललाई स्वीकार गर्न सकिँदैन ।”

नेपाली काँग्रेसका जिल्ला सचिव विश्व बाँस्तोलाले सुशासन र पारदर्शीतामा सरकार कमजोर रहे पनि प्रमुख प्रतिपक्षी दलले सरकारविरुद्ध आवाज उठाउन नसकेको बताए । व्यास नगरसमितिका सभापति शान्तिरमण वाग्लेले लोकतन्त्रको संस्थागत विकास, विकृति र विसङ्गतिविरुद्ध संस्थाले आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा नेता भण्डारीले स्कूल अफ डेमोक्रेसीको कार्यसमितिमा मनोनीत भएकालाई मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।

संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले कार्यसमितिको उपाध्यक्षमा दीर्घबहादुर थापा, सचिवमा वसन्त कँडेल, सहसचिवमा सरोज भण्डारी, कोषाध्यक्षमा मिला दरै, सदस्यमा गलबहादुर गुरुङ, दलबहादुर दुरा, गजेन्द्र पौडेल, ईश्वरराज पन्थ, प्रकाशचन्द्र हड्खले, अञ्जनकुमार श्रेष्ठ, सुमन थापा मगर, उदयचन्द्र कँडेल, जब्बर मियाँ, मनबहादुर रुचाल, सकिना खातु, स्वस्तिका भट्टराई गैह्रे, रिया गुरुङ, महेन्द्र आचार्य, शैलेश खाती, विजय गुरुङ, विपीन कुँवर र अमृत ढकाललाई नियुक्त गरेका थिए ।

संस्थाका सचिव वसन्त कँडेलका अनुसार संस्थाले लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र संविधानको मूल मर्मलाई आत्मसात् गर्दै लोकतान्त्रिकरणको प्रक्रियामा योगदान पु¥याउँदै आएको छ । विभिन्न नौ वटा उद्देश्य राखेर संस्थाले कार्यक्रम सञ्चालन गर्ने कँडेलले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ४ : ०८ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली