२० मंसिर २०८२, शनिबार | December 6, 2025

कैलाली कारागारका एक थुनुवाको मृत्यु



कैलाली । कैलाली कारागारका एक थुनुवाको मृत्युु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्युु भएको कारागार प्रशासनले जनाएको छ ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए । उनले मृत्युको कारण भने खुल्न नसकेको बताए ।

मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ ।

गत साउन २४ गते कैलाली कारागारमा कैदीबन्दीबिच झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने झडपमा ४८ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ५ : ३४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय