२२ भदौ २०८३, सोमबार | September 7, 2026

श्री नेवा: सेवा समिती बुटवलद्वारा मृगौला पीडितलाई खाद्यान्न सहयोग



बुटवल । श्री नेवा: सेवा समिति बुटवलले मृगौला पीडितहरूलाई खाद्यान्न सहयोग गरेको छ । समितिले शनिबार बुटवल-११ माझगाउँस्थित कार्यालयमा आयोजित कार्यक्रममा करिब एक लाख १५ हजार रुपैयाँ बराबरको चामल, दाल, चिउरा लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले मृगौला सम्बन्धी समस्या नेपाल मात्र नभई विश्वमै तीव्र रूपमा बढिरहेको बताए । उनले प्रत्येक १० जनामा एकजनामा मृगौला सम्बन्धी समस्या देखिने गरेको उल्लेख गर्दै वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्न सके गम्भीर अवस्थाबाट जोगिन सकिने बताए । आलमले बिरामीको मनोबल उच्च बनाउन आवश्यक रहेको भन्दै सरकारले गर्नुपर्ने धेरै काम स्थानीय संघ-संस्था गर्दै आएकोमा आभार व्यक्त गरे ।

त्यस्तै, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडासदस्य नहकुल शाहीले कृषिमा अत्यधिक बिषादीको प्रयोगले दीर्घरोगीहरूको संख्या बढेको बताए । समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले संस्थाले वार्षिक कार्ययोजना अनुसार समुदायमै आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।

 

मिर्गौला तथा मुटु पीडित सरोकार समाजका अध्यक्ष कृष्ण मल्लले चाडपर्वको समयमा गरिएको सहयोगले पीडितलाई ठूलो राहत मिल्ने बताए । समाजका संस्थापक अध्यक्ष रमेश केसीले खानपान र जीवनशैलीकै कारण मृगौला बिरामीको संख्या बढ्दै गएको बताउँदै रोजगार सिर्जना गरी नियमित आय हुने वातावरण बनाउन स्थानीय तथा संघीय तह सक्रिय हुनुपर्ने सुझाव दिए ।

समितिका सल्लाहकार रामलाल श्रेष्ठले आफू पनि मृगौला रोगसँग जुधेको अनुभव सुनाउँदै दीर्घरोगले शारीरिक मात्र नभई मानसिक पीडा पनि दिने बताए । उनले नेवारी संस्कार, संस्कृति जगेर्नासँगै समाजसेवामा समिति सक्रिय रहेको उल्लेख गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दलबहादुर श्रेष्ठ, सचिव लक्ष्मण श्रेष्ठलगायतको उपस्थितिमा समितिले सांस्कृतिक संरक्षणसँगै समुदायकेन्द्रित गतिविधिमा निरन्तर काम गर्दै आएको प्रतिबद्धता जनाएको थियो ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ५ : ११ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार