१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ड्युटी मै ढले प्रहरी नायव निरीक्षक थापा, अस्पताल पुर्याउँदा मृत घोषणा



काठमाडौँ । नेपालगन्जमा ड्युटीमा रहेको अवस्थामा ढलेका एक प्रहरी निरीक्षकको मृत्यु भएको छ । ड्युटीमा खटिएकै बेला ढलेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) धन बहादुर थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा काजमा रहेर कार्यरत रहेका थापाको हृदयघातका कारण निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको कान्तिताल क्षेत्रमा ड्युटी गर्न खटिएका थापाको आज बिहान हृदयघातका कारण निधन भएको हो । ड्युटीमा रहका थापा हृदयघात भएर एक्कासी ढलेपछि उनलाई अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

सई थापा रोल्पा स्थायी घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा बस्दै आएका थिए । थापाको शव भेरी अस्पतालमा राखिएको छ । आजै अन्त्येष्टि गर्ने भनिएपनि विदेशमा रहेकी छोरी आउन ढिला हुने भएपछि भोली अन्त्येष्टि गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ५ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा