काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसको तुलनामा आज सुन १ हजार ४ सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेर नयाँ उच्च स्तरमा पुगेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन शुक्रबारको तुलनामा १० रुपैयाँले बढी हो ।
नेपालमा सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको दर र भन्सार दरसँगै आन्तरिक माग-आपूर्तिका आधारमा निर्धारण हुने गरेको छ ।



















प्रतिक्रिया