७ पुस २०८२, सोमबार | December 22, 2025

पर्यटन क्षेत्र कठिन परिस्थितिमा



काठमाडौं । पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् ।

“जेनजीका मागहरु सम्बोधन गर्न एकपल पनि ढिला गर्नुहुन्न र देशलाई अरु थप क्षति हुनबाट जोगाउनु आवश्यक भइसकेको छ, अब उपरान्त ध्वंशको बाटो सदाका लागि अन्त्य हुनुपर्छ”, विज्ञप्तिमा भनिएको छ । जेनजीका माग सम्बोधन गर्नेगरी निश्कलंक र सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्न र देशमा अभिलम्ब शान्ति र अमनचयन कायम गर्न अनुरोध पनि विज्ञप्तिमा गरिएको छ ।

सङ्घ र टानले जेनजी प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यालाभको कामाना गरेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ७ : ३९ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले