२० श्रावण २०८३, बुधबार | August 5, 2026

संसद विघटन असंवैधानिक : नेपाल बार एसोसिएशन



काठमाडौं । नेपाल बार एसोसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको संसद विघटनको कदमप्रति कडा आपत्ति जनाएको छ ।

गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि बारले विज्ञप्ति जारी गर्दै उक्त निर्णय असंवैधानिक भएको जनाएको हो ।

बारको विज्ञप्तिमा राष्ट्रपति पौडेलको कदमलाई स्वेच्छाचारी, असंवैधानिक र कानूनी शासन तथा संवैधानिक सर्वोच्चताको उल्लंघन गरिएको ठहर गरिएको छ । उक्त निर्णय लोकतन्त्र, गणतन्त्र र संघीयताजस्ता ऐतिहासिक उपलब्धिलाई कमजोर पार्ने प्रयास भएको बारको दाबी छ ।

प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको यसअघिको संसद पुनःस्थापना सम्बन्धी ऐतिहासिक फैसलाविपरीत भएको उल्लेख गर्दै बारले कुनै पनि बहानामा पश्चगामी कदमलाई अस्वीकार गर्ने चेतावनी दिएको छ ।

नेपाल बारले लोकतन्त्रको तत्काल पुनःस्थापना र संवैधानिक सर्वोच्चताको अटल पालना गर्न माग गर्दै सबै सरोकारवालालाई संविधानमा निहित जनचाहनाको सम्मान गर्न र लोकतान्त्रिक उपलब्धिलाई अस्थिर बनाउन सक्ने कुनै पनि कार्यबाट सचेत रहन आह्वान गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ८ : ४४ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा