७ पुस २०८२, सोमबार | December 22, 2025

आन्दोलनमा ज्यान गुमाएका दुई युवकको दाहसंस्कार



नेपालगन्ज । ‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगन्जका दुई युवकको दाहसंस्कार गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा आज दाहसंस्कार गरिएको हो ।

सुलभराज र आयुषको शव शुक्रबार नेपालगञ्ज ल्याइएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर गत सोमबार निधन भएको हो ।

फिनल्यान्ड जाने तयारीका निम्ति आयुष काठमाडौँ गएका थिएभने सुलभराज काठमाडौँको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका विद्यार्थी थिए ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  २ : ०७ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८