काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् । उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए ।
त्यसक्रममा महासचिव पोखरेलले क्षतिग्रस्त भएको पार्टी कार्यालयको पुनर्निर्माण थाल्न निर्देशन दिए । उनले आउँदो असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउने बताए ।
कार्की सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने उनले बताए । उनले लक्ष्यअनुसार समयमै निर्वाचन गराउन सरकार केन्द्रित हुने आशा व्यक्त गरे ।
यही भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।
प्रकाशित मिति :
३० भदौ २०८२, सोमबार ४ :
३२ बजे
प्रतिक्रिया