२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा जनतामाझ प्रस्तुत गरेका ‘भ्रम र सपना’ सत्तामा पुगेपछि क्रमशः खुल्दै गएको टिप्पणी गरेका छन्।

पोखरेलले मंगलबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै रवि र बालेन सत्ताको जिम्मेवारीमा पुग्नुअघि राजनीतिक वृत्तमा लोकप्रियतावाद र विभिन्न सपनाको खेती तीव्र रहेको बताएका हुन्।

उनले सत्तामा पुगेपछि मात्रै लोकप्रियतावादी राजनीतिको वास्तविक क्षमता परीक्षण हुने उल्लेख गरेका छन्।

‘बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनीतिक वृत्तमा अनेकौँ भ्रम र सपनाहरूको खेती तीव्र थियो,’ पोखरेलले लेखेका छन्, ‘तर, उनीहरू स्वयम् सत्ताको कुर्सीमा पुगेपछि भने आम जनताका अगाडि भ्रमका पर्दाहरू उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ।’

पोखरेलले वर्तमान परिस्थितिलाई नकारात्मकताभित्रको सकारात्मक पक्षका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेपछि मात्रै ‘पपुलिज्म’ अर्थात् लोकप्रियतावादको वास्तविक क्षमता परीक्षण हुने अवस्था आएको छ।

‘पपुलिज्म (लोकप्रियतावाद)को वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने रहेछ- यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष हो,’ उनले उल्लेख गरेका छन्।

 

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १२ : २४ बजे

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट