१३ माघ २०८२, मंगलबार | January 27, 2026

सेनाको संरक्षणमा रहेकाहरूको सुरक्षा र स्वास्थ्य अवस्थाबारे मानवअधिकार आयोगको चासो



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेर सेनाको संरक्षणमा रहेकाहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिएको छ ।

आयोगको टोलीले आज प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्दै सेनाको संरक्षणमा रहेकाहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा चासो ब्यक्त गरेको हो ।

भेटवार्तामा जेनजीहरूले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार छलफलका क्रममा टोलीले देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई सुझाव दिएको छ ।

जेनजी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा आयोगले सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको जनाएको छ ।

साथै, आयोगले जेनजी प्रतिनिधिहरू, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरू तथा बालबालिकाहरुसँग निरन्तर भेटघाट गरिरहेको मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ५ : ३५ बजे

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा