२६ बैशाख २०८३, शनिबार | May 10, 2026

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु



दाङ । जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।

उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टबाट क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई उपचारका लागि सिफारिस गर्ने र तत्काल नगरी नहुने कामलाई सुरुवात गरिएको हो ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उपमहानगरपालिकाको दुईवटै भवन सरसफाइ गरिएको छ । भवनको प्राविधिकबाट परीक्षण भइरहेकाले अहिले नै बस्न मिल्ने नगरप्रमुख खड्का बताउँछन ।

नगरप्रमुख खड्काले भने, “यदि प्राविधिक मूल्याङ्कनले बस्न मिल्ने भन्ने भएमा भवन मर्मत गर्नतर्फ लाग्ने छौँ ।” पालिकाले निर्माण गरेको अर्को नौतले व्यापारिक भवनका भने सिसा मात्र फुटेको छ । तर सो भवन ठेकेदारले पालिकालाई अझै हस्तान्तरण नगरेको नगरप्रमुख खड्काले बताए । सम्झौताभन्दा पाँच महिना पहिले नै त्यो भवन निर्माण पूरा भएकाले सोहीअनुसार ‘बोनस’ पुरस्कार ठेकेदारले दाबी गरेको भन्दै त्यो दिनासाथ भवन हस्तान्तरण हुने प्रमुख खड्काको भनाइ छ ।

भवन हस्तारण भए लगत्तै त्यहाँबाट अस्थायी रुपमा कार्यालयको सेवा दिन सकिने प्रमुख खड्काको भनाइ छ । पालिकाका एउटा नयाँ भवन र अर्को पुरानो भवन गरी दुईवटै जलेर नष्ट छन् । व्यापारी भवनको लागि निर्माण गरिएको नौ तहले भवनका सिसा तथा शौचालय तोडफोड गरिएको छ ।

उपमहानगरपालिकाका दमकलसहित २० वटाभन्दा बढि सवारीसाधन जलेर नष्ट छन् । फिल्डमा गएका केही सवारीसाधनबाहेक सबै सवारी जलेर नष्ट भएका हुन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ८ : ११ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु