२० माघ २०८२, मंगलबार | February 3, 2026

नेपाल प्रहरीमा ४८ एसपीको सरुवा, कपिलवस्तुमा आचार्य, दाङमा श्रेष्ठ



काठमाडौं । नेपाल प्रहरीले ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को व्यापक सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सुरु गरिएको यो प्रक्रिया अन्तर्गत सरुवा सूची सार्वजनिक भएको हो ।

मंगलबार गरिएको सरुवा सूची बुधबार मात्रै सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका एसपीहरूको जिम्मेवारी तोकिएको स्थानमा तत्काल लागू हुनेगरी पठाइएको छ ।

सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु खटिएका छन् । त्यस्तै, पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, मोरङमा कवित कटवाल, सुनसरीमा केशव थेवे पठाइएका छन् ।

भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई जिम्मेवारी तोकिएको छ ।

प्रहरी स्रोतका अनुसार अन्य जिल्लाहरूमा समेत सरुवा भएका एसपीहरूले क्रमशः पदस्थापन स्थलमा गएर काम सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : ३१ बजे

एमाले जनताको विश्वासको घर हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले

जनवरीमा मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि

मुस्ताङ । मुस्ताङको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि

अत्यधिक चिसो भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचनमा

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा

हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड