१४ भदौ २०८३, आइतबार | August 30, 2026

विष्णु पौडेलले मागे क्षमायाचना; भने – एमालेको नीतिमा गम्भीर समीक्षा हुन्छ



काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले संविधान दिवसको अवसरमा आफ्नो तर्फबाट भएका गल्ती र कमजोरीप्रति क्षमायाचना गरेका छन्।

असोज ३ गते संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पौडेलले विगतमा एमालेले लिएका निर्णय र गरेका कार्यहरूको गम्भीर समीक्षा हुने बताएका छन्। उनले भने, “व्यक्तिगत रुपमा मेरो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु।”

पौडेलले हालैको जेन्जी आन्दोलनमा शहीद भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीलाई निन्दनीय भन्दै त्यसबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले भने, “जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोसलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहमा सुधार ल्याउन असफल हुनु जेन्जी आन्दोलनका मुख्य कारण बनेका हुन्।”

पौडेलले संविधान दिवसलाई लोकतन्त्रको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिने अवसरका रूपमा स्मरण गरेका छन्। उनले आपसी सद्भाव, एकता र सामाजिक न्यायसहित समृद्ध नेपालको दिशामा अघि बढ्न सबैलाई आह्वान गरेका छन्।

उनले पार्टी संगठन, कार्यशैली र आचरणमा आवश्यक परिवर्तन गर्दै युवाशक्तिलाई नीतिनिर्माण र नेतृत्व निर्माणमा निर्णायक भूमिका दिनुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : २८ बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना