२६ आश्विन २०८३, सोमबार | October 13, 2026

यस वर्ष दशैँमा खसी-बोका बिक्री नगर्ने खाद्य कम्पनीको निर्णय



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँमा खसी, बोका र च्यांग्रा बिक्री नगर्ने घोषणा गरेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले यो निर्णय गरेको हो ।

अनलाइन अर्डरमार्फत खसी-बोका खरिद गर्न चाहने उपभोक्ताले पहिले नै भुक्तानी गरेका रकम फिर्ता गरिने कम्पनीले जनाएको छ । कम्पनीको वेबसाइट सञ्चालन भएपछि ३० वटा अर्डर प्राप्त भएका थिए । ती सबैको पैसा आजैदेखि सम्बन्धित खातामा फिर्ता पठाउने निर्णय भएको बिक्री तथा वितरण विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए ।

उनका अनुसार जेनजी आन्दोलनका कारण सडक अवरोध र असुरक्षित आपूर्ति वातावरणले गर्दा यस वर्ष पशु आपूर्ति सम्भव भएन । यसअघि कम्पनीले करिब १,५०० खसी-बोका र ३०० च्यांग्रा आपूर्ति गरी सुपथ मूल्यमा बिक्री गर्ने तयारी गरेको थियो । तर अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण बिक्री नगर्ने निर्णय लिइएको कम्पनीले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ५३ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको