९ भदौ २०८३, मंगलबार | August 25, 2026

दुई महिनादेखि जोखिमपूर्ण यात्रागर्दै बगरवासी



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-४ बगर र जेल्टुङ गाउँवासीले विगत दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जानका लागि प्रयोग हुने जेल्टुङ-नाउरा सडकखण्ड अन्तर्गत लप्किसको खोल्सामा पहिरोले बाटो बगाएपछि दुई महिनादेखि भ¥याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यताआएको हो ।

गत असार अन्तिमदेखि पहिरो जान थालेको र अहिले करिब आठ मिटर बाटो पूर्ण रुपमा बगाएर लगेको स्थानीय कैलास आधारभूत विद्यालयका शिक्षक जगलाल हर्मेलले जानकारी दिए । उनका अनुसार, ठाडो खोल्साबाट आएको बाढीपहिरोले बाटोको बेस नै नरहने गरी बगाएपछि स्थानीयवासीले आवतजावतमा जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । दैनिकजसो सर्वसाधारण ओहोरदोहोर गर्ने बाटो पहिरोले बगाएपछि जनजीवन नै कष्टकर बनेको छ ।

बजारबाट खाद्यान्नलगायतका सामान ढुवानी गरी गाउँमा पु¥याउनसमेत सकस भएको धवलागिरि गाउँपालिका–४ का वडा सदस्यसमेत रहनुभएका स्थानीय अगुवा हरिप्रसाद तिलिजाले बताए । उनले भने, ‘‘हामीले दिनहुँजसो पहिरोग्रस्त ठाउँमा मर्मत गरी जोखिम मोलेर वारपार गर्दै आएका छौँ, बालबालिका, महिला र ज्येष्ठ नागरिक आवतजावत गर्न मुस्किल छ ।’’

जेल्टुङ र बगर गाउँमा करिब ७० घरधुरीको बसोबास रहेको छ । सहरी क्षेत्रबाट चाडपर्व मनाउन गाउँ फर्कनेहरुसमेत गाउँ पुग्ने बाटो जोखिमपूर्ण बनेपछि समस्या भएको छ । चक्रिय धौलागिरि पदमार्गले समेटिएको बाटो पहिरोले अवरुद्ध बनेपछि पर्यटकसमेत समस्यामा परेका छन् ।

शरदयामको लागि हिमाल आरोहण र चक्रिय धौलागिरि पदयात्राका लागि आउन लागेका पर्यटकले यो बाटोको विकल्पकारुपमा मार्फा हुँदै आधारशिविर पुग्ने र हेलिकप्टरमार्फत जान सुरु गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १० : ०८ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३