१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

हेटौंडामा बस, ट्रक र ट्यांकर ठोक्किँदा ३१ जना घाइते



हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा बस, ट्रक र तेल ट्यांकर एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल र सीएमसी चुरेहिल हस्पिटल हेटौंडा पठाइएको छ ।

प्रहरीका अनुसार चितवनबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको अगाडिको चक्का पड्किएपछि बस अनियन्त्रित भई विपरीत दिशाबाट आएको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको थियो । त्यसपछि ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ७ ख १७७४ नम्बरको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरसँग ठोक्किएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ३ : ११ बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति