२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगा सडक खण्डमा पुनः पहिरो, दुईतर्फी यातायात अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलानजिक पुनः सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । सोमबार रातिदेखि खसेको पहिरो पन्छाउने कार्य भइरहेको भरतपुर सडक डिभिजनले जनाएको छ ।

‘तुइन खोलानजिक झरेको पहिरो साइटमा तैनाथ उपकरणले सफा गरिरहेको छ,’ सडक डिभिजनले जानकारी दिँदै भन्यो, ‘तर सवारी चालकहरूले अव्यवस्थित तरिकाले गाडी रोकेकाले थप उपकरण र इन्धन लैजान समस्या परेको छ ।’

यसैबीच मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोलानजिक ठूलो पहिरो खस्दा सडक दुवैतर्फ बन्द भएको छ । मंगलबार बिहान खसेको ठूलो पहिरो अझै पनि निरन्तर खसिरहेको र त्यसले पन्छाउने कार्यमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीले सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न यात्रु र सवारी चालकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : ५८ बजे

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक समस्या, एक्कासि चल्न छोडेपछि प्रयोगकर्ता प्रभावित

काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा

सार्वजनिक सुरक्षाका लागि लुम्बिनी प्रहरीको नयाँ पहल, तीन दिने विशेष कार्यक्रम घोषणा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज