२२ मंसिर २०८२, सोमबार | December 8, 2025

अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली : भ्रष्टाचार गर्ने कर्मचारीलाई कारबाही गरिने



काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको कार्यविभाजनअनुसार उनलाई सामान्य प्रशासन मन्त्रालयको पनि कार्यभार थप गरिएको छ । पदबहाली गर्दै मन्त्री खनालले मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन संरचनासम्बन्धी विषय मन्त्रिपरिषद् बैठकमा लैजाने फाइललाई सैद्धान्तिक सहमति दिने प्रस्ताव सदर गरेको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए ।

पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्दै भ्रष्टाचार न्यूनीकरण ‘जेनजी’को प्राथमिक माग भएकाले त्यसैअनुरुप काम गर्नुपर्नेमा जोड दिए । मन्त्री खनालले कर्मचारीको आत्मसम्मानका लागि आफूले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै भ्रष्टाचार गर्ने कर्मचारीलाई भने कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : ०२ बजे

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२