१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

असोज १ देखि चन्द्रागिरि केवलकार सञ्चालन हुने



काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेकाे चन्द्रागिरि केवलकार सञ्चालनमा अाउने भएकाे छ ।

विगत ६ महिनादेखि बन्द रहेकाे चन्द्रागिरि केवल कार भाद्र २९ गते बसेकाे नेपाल सरकारकाे मन्त्री परिषदकाे निर्णयलाई टेकेर सञ्चालन गरिन लागेकाे चन्द्रागिरि हिल्सले जनाएको हाे ।

केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असाेजबाट केही खुकुलो बनाउने निर्णय गरेसँगै बन्द रहेकाे थियो । तर, अब पर्यटकीय हव चन्द्रागिरि केवलकार विशेष सुरक्षा विधि अपनाएर भाेलि असोज १ गतेदेखि सञ्चालनमा आउने चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले बताए ।

‘कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भाेलि बिहीबारबाट सञ्चालनमा ल्याउने तयारी गरेका छाैं’, शाहले भने ।

राजधानीमा जारी निषेध आदेश र लकडाउन केही खुकुलो भएसँगै अहिले काठमाडाै उपत्यकाभित्रका विभिन्न व्यापार/व्यवसाय पनि बिस्तारै चलायमान भइरहेका छन् ।

चन्द्रागिरि केवलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन पनि तयारी थालिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

केवलकार सञ्चालन आएपछि एउटा कारमा ८ जना यात्रा गर्न पाईने छैन भने अबदेखि एउटा कारमा सामाजिक दुरी कायम गर्दै चार जना मात्रै यात्रा गर्नुपर्ने कम्पनीले नियम कायम गरेकाे छ ।

सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ’, महाप्रबन्धक शाहले भने, ‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा विस्तारै सञ्चालन गरिनेछ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट समेत सञ्चालनको तयारी गरेको छ ।

निश्चित क्षमतामा मात्रै भए पनि सरकारकाे यस्तो निर्णयले कोरोनाले संकटको अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न सकिने शाहकाे दावी छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : ३७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग