२५ असार २०८३, बिहिबार | July 9, 2026

देशभरका विभिन्न सडक खण्डमा पहिरोले सवारी आवागमन पूर्ण अवरुद्ध



काठमाडौं । देशका विभिन्न सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ट्राफिक प्रहरीले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार हाल चार वटा प्रमुख स्थानमा यातायात सञ्चालन रोकिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा नारायणगढ–मुग्लिन सडक खण्ड माथिबाट पहिरो खसेपछि आवागमन रोकिएको छ ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि अरनिको राजमार्ग पहिरोका कारण बन्द भएको छ ।

त्यसैगरी, रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ मा २०८२ साल असार २४ गतेको बाढीले पुल बगाएपछि नेपाल–चीन नाका अझै अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा पनि पहिरो खसेका कारण सडक सम्पूर्ण रूपमा बन्द भएको सूचना जारी गरिएको छ ।

ट्राफिक प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राखी वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : ३९ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’