२३ चैत्र २०८२, सोमबार | April 6, 2026

आजदेखि लामो दूरीको यातायात सञ्चालन



काठमाडौं । विश्वव्यापी महामारीको बाछिटा नेपालमा पनि देखिन थालेपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउनको घोषणा गर्यो ।

लकडाउनसँगै सबैप्रकारको यातायात, उद्योगधन्दा कलकारखानाहरु बन्द गरिए । अत्यावश्यकबाहेकका काममा हिँडडुल गर्न प्रतिबन्ध लगाइयो ।

६ महिनादेखि बन्द रहेको यातायात सेवा आज असोज १ गतेबाट पुनः सुचारु भएको छ । व्यापार व्यवसाय पनि खुला भएका छन् ।

मन्त्रीपरिषद्को गत सोमबार बसेको बैठकले लामोदूरीको यातायात र आन्तरिक हवाई यातायात खुला गर्ने निर्णयसँगै आजबाट सेवा सुचारु भएको हो ।

त्यसो त, लामो दूरीको यातायात आजबाट मात्र खुला भएपनि छोटो दूरीको यातायात भने केही समयअघिदेखि नै सुचारु भएको थियो ।

काठमाडौं उपत्यकामा जोर विजोर प्रणालीसँगै सवारी साधन सञ्चालन भैरहेका छन् । उपत्यकाबाहिरका जिल्लामा पनि स्थानीय जिल्ला प्रशासनको निर्णयमा यातायात सञ्चालन भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगे भेट गरेका थिए ।

त्यसलगत्तै उनीहरुले बुधबार नै संयुक्त विज्ञप्ति जारी गर्दै सबै सवारी साधन सञ्चालन गर्न आफ्ना सदस्यहरुलाई आग्रह गरिसकेका छन् ।

तर, यसरी सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ ।

चालक, सहचालक र बुकिङ काउण्टरका कर्मचारीले मास्क, पञ्जा अनिवार्य लगाउनुपर्नेछ भने सेनिटाइजर बारम्बार प्रयोग गर्नुपर्नेछ ।

यस्तै, सहचालकले फेस भाइजर समेत अनिवार्य लगाउनुपर्नेछ । यस्तै, यात्रुले समेत यात्रा अवधिभर मास्क लगाउनुपर्ने, गाडीमा चढ्दा र ओर्लिदा भीड नगरी निश्चित दूरी कायम गर्नुपर्ने छ भने राजमार्गमा खाजा खाना खाँदा समेत भीडभाड नगर्न अनुरोध गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सवै सवारी साधनले कुल सीट क्षमताको ५० प्रशिशत अर्थात आधा सिट संख्यामा मात्र यात्रु राख्न पाउनेछन् । तर, यात्रुले नियमित भाडाभन्दा ५० प्रतिशत बढी भाडा तिर्नुपर्नेछ ।

यातायात व्यवासायीहरुले लामो समयदेखि आफ्ना सवारी साधान ग्यारेजमा थन्काउनुपर्दा व्यवसाय संकटमा परेको, गाडीका पार्टपूर्जामा खिया लाग्न थालेको, बैंकको किस्ता तिर्न नसकिएको भन्दै खुला गर्न माग गरेका थिए । असोज १ गतेदेखि यातायात सञ्चालन गर्न नदिए सरकारको आदेशलाई उल्लंघन गर्दै एकतर्फी रुपमा संचालन गर्ने चेतावनी पनि दिएका थिए ।

यसअघि गत साउन ७ गते देशव्यापी लकडाउन हटाएको सरकारले भदौ १ गतेबाट लामोदूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, साउनको दोस्रो सातादेखि कोरोना भाइरसको संक्रमण फैलिने क्रम निकै बढेपछि सरकार पूर्व निर्णयबाट पछि हटेको थियो ।

 

 

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ६ : ५१ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का