२३ भदौ २०८३, मंगलबार | September 8, 2026

“समाजमा नकारात्मकता हटाउन सबै जिम्मेवार बन्नुपर्छ : वक्ताहरु”



बुटवल । “सकारात्मक सन्देश प्रवाह गर्नु नै अहिलेको आवश्यकता हो” भन्ने निष्कर्ष नेपाल पत्रकार महासंघ, रुपन्देहीले बुटवलमा आयोजना गरेको ‘वर्तमान परिवेश, चुनौती र समाधान’ विषयक अन्तरक्रियामा सहभागीहरुले निकालेका छन् । उनीहरुले समाजमा फैलिरहेको नकारात्मकता हटाउन प्रत्येक नागरिक जिम्मेवार र इमान्दार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राज्य कहिल्यै कमजोर नहुने उल्लेख गर्दै उचित समयमा राज्य र सुरक्षा निकायले आफ्नो भूमिका निर्वाह गर्ने बताए । उनले राष्ट्रियताको भावना बोकेर देशलाई जोगाउने र समाजलाई सरलीकरण गर्ने आवश्यकता औंल्याए ।

उपमहानगरकी उपप्रमुख सावित्रा देवी अर्यालले संविधानको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै जेनजी पुस्ताले जायज माग उठाएको बताइन् । पछिल्लो समय चोरी-डकैती बढ्नु र कैदी भाग्नु जस्ता घटनाले चुनौती थपेको उनको भनाइ थियो ।

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्यले गिरेको मनोबल उकास्न सबै क्षेत्रले हातेमालो गर्नुपर्ने धारणा राखे । इलाका प्रशासन कार्यालय, बुटवलका प्रमुख रामचन्द्र अर्यालले निजी क्षेत्रलाई बाहिर राखेर राज्य सञ्चालन सम्भव नभएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले जेनजी समूहले संविधान संशोधन मागे पनि लोकतन्त्रको विकल्प खोजेको नरहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले सञ्चार क्षेत्रमार्फत सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेल, उच्च अदालत बार एशोसियसन बुटवल अध्यक्ष गोविन्द प्रसाद मरासिनी, इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेश अध्यक्ष इ. महेश्वर लम्साल, उद्योग वाणिज्य संघ बुटवल अध्यक्ष हरि प्रसाद अर्याललगायतका वक्ताहरुले समाजमा नकारात्मकता हटाउन शिक्षा, नैतिकता, कानूनी शासन र लगानी सुरक्षामा जोड दिए ।

अन्य वक्ताहरुले भदौ २३ र २४ गतेको घटनाबाट सबैले पाठ सिकेर आत्मसमीक्षा गर्नुपर्ने, आन्दोलनका नाममा स्वार्थी समूह हाबी हुन नहुने र प्रत्येक नागरिक सचेत र सजग बन्नुपर्ने सुझाव दिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष विश्वास ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव सी.पी. खनालले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : ४९ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा