काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड र मुग्लिन-नागढुंगा सडकखण्ड अवरुद्ध भएका छन् । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन-नागढुंगा सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि यातायात पूर्ण रूपमा रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार आज बिहान करिब २ बजे धादिङको बेनिघाट रोराङ-१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग बन्द भएको थियो । स्थानीयवासी, प्रहरी र यात्रुको प्रयासमा केही समयपछि बाटो खुलाइए पनि पुनः माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
हाल पनि पानी निरन्तर परिरहेको र ढुंगा-माटो खस्ने क्रम जारी रहेकाले सडक पूर्ण रूपमा खोल्न सकिएको छैन । पटक-पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरूलाई ठूलो सास्ती भोग्नुपरेको छ ।


















प्रतिक्रिया