२८ भदौ २०८३, आइतबार | September 13, 2026

अविरल वर्षाले मुग्लिन-नारायणगढ र मुग्लिन-नागढुंगा सडकखण्ड अवरुद्ध



काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड र मुग्लिन-नागढुंगा सडकखण्ड अवरुद्ध भएका छन् । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन-नागढुंगा सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि यातायात पूर्ण रूपमा रोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार आज बिहान करिब २ बजे धादिङको बेनिघाट रोराङ-१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग बन्द भएको थियो । स्थानीयवासी, प्रहरी र यात्रुको प्रयासमा केही समयपछि बाटो खुलाइए पनि पुनः माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

हाल पनि पानी निरन्तर परिरहेको र ढुंगा-माटो खस्ने क्रम जारी रहेकाले सडक पूर्ण रूपमा खोल्न सकिएको छैन । पटक-पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरूलाई ठूलो सास्ती भोग्नुपरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : २६ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू