काठमाडौं । लगातार वर्षासँगै बढेको पहिरोको जोखिमका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको हो ।
सडक डिभिजनका अधिकारीहरूका अनुसार हाल देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायतका क्षेत्रमा पहिरोको जोखिम अत्यधिक रहेकोले सावधानीस्वरूप सडक बन्द गरिएको हो ।
सम्भावित दुर्घटनाबाट जनधनको क्षति हुन नदिनका लागि सुरक्षा निकायको समन्वयमा सडक बन्द गरिएको डिभिजनले जनाएको छ । अत्यावश्यक सेवा प्रयोजनका सवारीसाधनले यात्रा गर्नुपर्ने अवस्थामा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ ।


















प्रतिक्रिया