५ चैत्र २०८२, बिहिबार | March 19, 2026

आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न प्रचण्डको आह्वान



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका सम्पूर्ण नेता–कार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिएका छन् ।

उनले आज सामाजिक सञ्जाल मार्फत सन्देश सार्वजनिक गर्दै पार्टीको सहायक संगठन युवा कम्युनिष्ट लिग (आईसीएल) का हजारौं कार्यकर्ता विपद प्रतिकार्यमा खटिएको जनाएका छन् । अध्यक्ष प्रचण्डले पार्टीका अन्य सबै तहहरू, विपद् व्यवस्थापन विभाग, स्वयम्सेवक समूह तथा भातृ–सहयोगी संगठनहरूलाई समेत खोज, उद्धार र राहतका काममा तत्काल जुट्न आह्वान गरेका छन् । ‘अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्। उनीहरूको खानबस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय तहका जिम्मेवार निकायहरू र आम नागरिकलाई समेत सहयोगको आग्रह गर्दछु।’ उनले सन्देशमा भनेका छन् ।

‘यहि असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी भेगमा पहिरो खस्ने तथा तराई क्षेत्रमा डुबानको समस्या तीव्र रूपमा बढ्ने देखिएको छ। आज (शनिवार) सम्म कतिपय स्थानमा वर्षाको मापन ३०० मिलिमिटरभन्दा बढी पुगेको छ, र यो क्रम अझै जारी रहने अनुमान गरिएको छ। यी चार दिनको वर्षा सामान्य नभई उच्च जोखिम बढाउने प्रकृतिको भएको देखिन्छ।’ प्रचण्डद्वारा जारी सन्देशमा लेखिएको छ ।

मुलुकले सामना गरिरहेको यो विशेष विपद्–परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले युद्धस्तरमा समन्वय र नेतृत्व गर्न पनि उनले विशेष अनुरोध गरेका छन् । साथै, सबै राजनीतिक दलहरू, सामाजिक संघ–संस्था तथा नागरिक समाजले आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न प्रचण्डले अपिल गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : ३० बजे

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति