१ चैत्र २०८२, आइतबार | March 15, 2026

राष्ट्रियसभामा बामदेव गौतम : सभाको मर्यादा र गरिमा गिराउने काम नगर्ने प्रतिवद्धता



काठमाडौं । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित कोटामा सांसद बनेका नेकपा उपाध्यक्ष बामदेव गौतमले सपथ लिएका छन् ।

राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष गौतमले पद तथा गोपनीयताको सपथ लिएकाछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा बिहीबार नै मनोनयन गरेकी थिइन ।

सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त सांसद गौतमले राष्ट्रिय सभाको मर्यादा र गरिमालाई गिराउने काम नगर्ने प्रतिवद्धता जनाए । गौतमले जनताप्रति बफादार भएर भूमिका निभाउने बताए ।

उनले सभाको नियमावली अनुसार काम गर्ने जनाउँदै आफुलाई मनोनयन गर्न सिफारिस गर्ने र मनोनित गर्ने पार्टी, सरकार र राष्ट्रपतिप्रति आभार प्रकट गरे ।

गौतमले देशलाई समाजवादमा लैजानेबाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै त्यो स्वार्थ पुरा गर्न संकल्प पुरा गर्ने जिकिर गरे ।

सत्तारुढ नेकपाले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नका लागि सरकारलाई सुझाव दिएको थियो । नेकपाको सुझाव अनुसार सरकारले राष्ट्रपतिसमक्ष मनोनयनको सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ५ : ०४ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना