इलाम । इलाम नगरपालिका-६ घोसमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय डम्बरबहादुर पाख्रिनको घरमा शनिबार बिहान पहिरो खस्दा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले पुष्टि गरेको छ ।
स्थानीय रेवज तामाङका अनुसार, सो घरमा रहेका अरु तीन जना अझै बेपत्ता छन् । साथै, दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण इलामका विभिन्न स्थानमा पहिरोको जोखिम बढिरहेको र उद्धारकार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


















प्रतिक्रिया