२१ असार २०८३, आइतबार | July 5, 2026

इलामको विभिन्न स्थानमा पहिरो जाँदा १८ जनाको मृत्यु कैयौं वेपत्ता



इलाम । निरन्तरको वर्षासँगै गएको पहिरोका कारण इलामका विभिन्न स्थानमा १८ जनाको मृत्यु भएको छ ।

हिजो र आज दुई दिनमा गरी यति धेरै मानवीय क्षति भएको हो । अझै पनि कैयौं व्यक्ति वेपत्ता रहेको प्रहरीले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा भएको छ, जहाँ पाँच जनाको मृत्यु भएको छ ।

त्यसैगरी माङसेबुङ गाउँपालिका–१, पाटिगाउँमा तीन जना, देउमाई नगरपालिका–५, धारेमा एक जना, सोही वडाको धुसुनेमा दुई जना, फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा एक जना र इलाम नगरपालिका–५, घोसगाउँमा छ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीपक पोखरेलले बताएका छन् ।

यससँगै इलाममा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । अविरल वर्षाका कारण जिल्लाका अन्य स्थानहरूमा समेत क्षति पुगेको आशंका गरिएको छ ।

उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको जनाइएको छ । सुरक्षाकर्मीहरू र स्थानीयवासीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ५५ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको