३१ भदौ २०८३, बुधबार | September 16, 2026

माओवादी सचिवालयको बैठक पेरिसडाँडामा सुरु



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी अध्यक्ष एवं आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा हालै देशभर आएको विपद्‌पछिको अवस्थाको मूल्यांकन, आगामी विशेष महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट प्रक्रिया, तथा संगठन सुदृढीकरणका विषयहरूमा गम्भीर छलफल भइरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

यसअघि यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार माओवादी केन्द्रले आगामी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएको हो ।

बैठकमा आगामी राजनीतिक दिशा, संगठन विस्तारका योजना र देशभरका समितिहरूलाई सक्रिय बनाउने विषय पनि एजेन्डामा समावेश गरिएको बताइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  २ : ०९ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै