१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी सम्पर्क बाहिर, ७ दिनभित्र हाजिर नभए सेवाबाट हटाइने



काठमाडौँ । नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी सम्पर्क बिहिन भएका छन् । सम्पर्क बाहिर रहेका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालय नक्सालले तत्काल हाजिर हुन आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हाजिर हुन आग्रह गरेको हो ।

‘आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७ं दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला ।

तोकिएको मितिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने कारबाही हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : ३९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा