काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले फौजदारी अभियोगमा अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट पारेको छ ।
भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा प्रतिवेदन कुर्न नपर्ने जनाइएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
आयोगले उक्त घटनाबारे अनुसन्धान र जानकारी संकलनको काम गरिरहेको पनि जनाएको छ ।
विज्ञप्तिमा आगामी दिनमा थप जानकारी र विवरण संकलनका लागि आयोगले निरन्तर काम गरिरहने जनाइएको छ ।



















प्रतिक्रिया