१४ भदौ २०८३, आइतबार | August 30, 2026

महेश बर्तौलाको माग – ‘राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्छ’



काठमाडौं । विघटित प्रतिनिधिसभामा नेकपा (एमाले)का मुख्यसचेतक महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा प्रहार गर्दै उनी राज्यविरुद्धका अपराधमा संलग्न रहेको भन्दै तत्काल पदच्युत गरी गिरफ्तार गर्नुपर्ने माग गरेका छन्।

बर्तौलाले अर्याललाई भ्रष्टाचारविरुद्ध जेनेरेसन जेडको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउने र विध्वंस मच्चाउने मुख्य योजनाकार तथा ‘२४ कैरेटका स्टेकहोल्ड’को संज्ञा दिएका छन्।

बर्तौलाले गृहमन्त्री अर्यालको भूमिकाबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै भनेका छन्, राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्छ। उनले आन्दोलनमा सुनियोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने काममा अर्याल नै मुख्य संलग्न रहेको आरोप लगाएका छन् । प्रहरीबाट लुटिएका हतियारहरू (बन्दुक र गोली) कहाँ र कोसँग छन् भन्ने जानकारी उनलाई शतप्रतिशत रहेको हुनुपर्ने उनले जिकिर गरेका छन् ।

बर्तौलाले थपेका छन्, ‘भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी २४ कैरेटका स्टेकहोल्डर हुन्। हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरू छानीछानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यवसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्।’

उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरू लगायतका राष्ट्रिय सम्पदामा आगो लगाई ध्वस्त बनाउने कार्यमा पनि अर्याल निर्देशक र परिचालक रहेको दाबी गरेका छन्। ‘शुद्ध नेपाली जेन जेड हरूले पनि यो कुरा बुझुन कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरीकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए’, बर्तौलाले भनेका छन्।

बर्तौलाले गृहमन्त्रीले पद ग्रहण लगत्तै फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषीहरूलाई कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको आरोप पनि लगाएका छन्। ‘जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहीनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको छ’, उनले भनेका छन्।

यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका अर्याललाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्नेमा बर्तौलाले जोड दिएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ८ : ५९ बजे

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

तिब्बत क्षेत्रको बाढी-पहिरोमा २६१ विदेशी नागरिक बेपत्ता, नेपालका १०४ जना

काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

गण्डकी । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा

एसिसी प्रिमियर कप : उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा