२२ मंसिर २०८२, सोमबार | December 8, 2025

गाँजा सेवन गरेर आन्दोलन गर्न पुगेका डा. निकोलसलाई सुधार केन्द्र पठाईँदै



काठमाडौं । जेन जीको नामबाट भएको भनिएको प्रदर्शनमा गाँजा सेवन गरेर पुगेका डा. निकोलस भुसाललाई प्रहरीले सुधार केन्द्र पठाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका डा. भुसाललाई पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई सुधार केन्द्र पठाउने भएको हो ।

आफूलाई अभियन्ता बताउने भुसाललाई प्रहरीले आज माइतीघरबाट पक्राउ गरेको थियो । पक्राउका क्रममा भुसालले आफुहरुले नै बनाएको गृहमन्त्रीले आफुलाई पक्राउ गरेको भन्दै चर्को भाषण दिएका थिए ।

पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा भुसालले गाँजा सेवन गरेको पुष्टि भएको प्रहरीले दाबी गरेको छ । यसअघि पनि रुपन्देहीमा भएका विभिन्न आन्दोलन तथा डा. भुसाल सहभागी कार्यक्रमहरुमा उनले गाँजा सेवन गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

प्रहरीले शुरूमा वीर अस्पताल, त्यसपछि त्रिवि शिक्षण अस्पताल र अन्तिममा प्रहरी अस्पताल लगेको थियो । प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । यसअघि पक्राउ पर्दा पनि भुसालले गाँजा सेवन गरेको पाइएको प्रहरीको दाबी छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि समूहले आन्दोलनका लागि अनुमति नलिएको अवस्थामा भुसालले मान्छे जम्मा गरी आन्दोलन गर्न उक्साएपछि प्रहरीले उनलाई पक्राउ परेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ९ : २१ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब