२४ असार २०८३, बुधबार | July 8, 2026

निर्वाचनलाई सफल बनाउनु पहिलो आवश्यकता, त्यसपछि संविधान संशोधन : प्रचण्ड

संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान अहिलेको अवस्थामा प्रभावकारी रूपमा काम गर्न नसक्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले संविधानको संशोधन तथा परिमार्जन आवश्यक भएको बताएका छन्। तर उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने बताए । ‘यो संविधानले अहिलेकै रूपमै काम गर्न सक्दैन, त्यसलाई परिमार्जन गर्नुपर्छ, जसका लागि राष्ट्रिय सहमति अनिवार्य छ।’ उनले भने ।

प्रचण्डले आसन्न निर्वाचनलाई सफल पार्नु अहिलेको पहिलो आवश्यकता भएको उल्लेख गरे । निर्वाचन सम्पन्न भएपछि सबै दलहरूको सहमतिमा संविधान संशोधन गरी जेनजी पुस्ताको भावना र मागलाई सम्बोधन गर्नसकिने उनले जिकिर गरे । प्रचण्डले भने, ‘अहिलेको पहिलो आवश्यकता निर्वाचन सफल पार्न सबै एकजुट हुनु हो, भोलिको आवश्यकता भने सहमतिका आधारमा संविधान संशोधन गरेर जेनजीहरूको भावना समेट्ने हो।’ जेनजी आन्दोलनले संविधानका विषयहरूलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको उनले टिप्पणी गरे।

प्रचण्डले यतिबेला राष्ट्रिय स्वाधीनतामाथि अभूतपूर्व हस्तक्षेप भइरहेको दाबी पनि गरे। ‘राष्ट्रिय स्वाधीनताको प्रश्नमा यति ठूलो हस्तक्षेप पहिले कहिल्यै देखिएको थिएन । यो अहिले ठूलो चुनौतीको रूपमा उभिएको छ।’

प्रचण्डले अरु नेताजस्तो आफूलाई सेनाले उद्धार नगरेको स्पष्ट पारे । उनले आफु नै सेनाको सम्पर्कमा रहेको बताए । उनले भने, “अरु सबै नेता सबैलाई नेपाली सेनाको अफिसरले आफैँले समातेर सुरक्षित राख्ने काम भयो । म सिंहरदरबारमा बस्दै थिएँ । सुरक्षा फोर्सले बाहिर जाने अवस्था छैन भनेपछि त्यहीँबाट प्रधान सेनापतिसँग सम्पर्क गरेर आफैँले सेनासँग सम्पर्क गरेर गएको ममात्रै रहेँछु अहिले ।”

उनले संकटबाट पार पाउन राष्ट्रपतिसँग सघन छलफल गरेको स्मरण समेत गरे ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : २८ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको