१९ माघ २०८२, सोमबार | February 2, 2026

बुटवलमा प्रोटन इमासको नयाँ सोरुम उद्घाटन



बुटवल । ईभी इलेक्ट्रिक गाडि प्रोटन इ-मास सेभेनले आफ्नो विक्रि वितरण बुटवलमा सुरु गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमकाबीच जगदम्बा मोटर्स प्रालिले बुटवलको कालिकानगरबाट बालाजी अटोमोवाईल्स प्रालिमार्फत आफ्ना नयाँ गाडिको विक्रि वितरण सुरु गरेको हो ।

नेपालमा अग्रणी ईभी ब्रान्ड प्रोटन ई-मासको विक्रि वितरणकालागि बुटवलको बालाजी अटोमोवाईल्स प्रालिमा नयाँ सोरुमको उद्घाटन गरिएको हो । प्रालिले प्रोटनको सेवा सुरु गरेको अवसरमा बुटवलबाट १५ वटा प्रोटन इमास गाडि ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ ।

बालाजी अटोमोवाईल्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर विशाल जैसवालले दशैंअघि १० युनिट र पछि थप ५ युनिट गरि १५ वटा प्रोटन इमास वितरण गरिएको जानकारी दिए । ग्राहकहरूको बढ्दो विश्वास र उत्साहका आधारमा प्रोटनका गाडि विक्रि वितरण भएको उनले जानकारी दिए ।

उनले आरामदायी र सुरक्षित यात्रा, गाडी भित्र बस्न राम्रो स्पेश, सानदार ड्राइभिङ जस्ता कारणले प्रोटन इमास सेभेन ग्राहकको रोजाइमा परेको बताए । एक पटकको फुल चार्जमा चार सयबढी किलोमिटर कुद्ने उल्लेख गर्दै अनरोड अफरोड दुबैमा आरामदायी यात्रा हुने म्यानेजिङ्ग डाइरेक्टर जैसवालले जानकारी दिए ।

मंगलबार प्रोटन ईमास शोरुमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले ग्राहकको चाहना र रोजाईका आधारमा प्रोटन इमासको विक्रि वितरण भएको बताए । उनले आरामदायी र सुरक्षित यात्राकालागि प्रोटन ब्राण्ड आफैमा उत्कृष्ट ब्राण्ड भएको उल्लेख गर्दै गाडीका पाट्स र सर्भिसिङलाई ध्यान दिन सुझाव दिए ।

नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाल भित्याएको हो । कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।

त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको रहेको जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल क्षेत्रीले जानकारी दिए । नयाँ थ्रीएस शोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका प्रोटन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउने उनले बताए । यस शोरुमको व्यवस्थापन बालाजी अटोमोबाइल्स प्रालिले गर्ने उनले बताए ।

विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ । बालाजी अटोमोवाइल्सका अध्यक्ष महेशप्रसाद जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चद्रप्रकाश श्रेष्ठले व्यावसायीक सफलताको शुभकामना दिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : ५० बजे

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा

राष्ट्रियसभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई