१६ माघ २०८२, शुक्रबार | January 30, 2026

जलवायु परिवर्तन मुद्दाको जागरण फैलाउन आयोजित ग्रीन रनको उपाधि युवकराज र दीशीखालाई



खजुरा । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले बाँके खजुराको गौघाटमा ग्रीन रन (हरित दौड) को आयोजना गरिएको छ । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आज आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले हासिल गरेका छन् ।

एघार बर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत बर्षदेखि सुरु भएको गौघाट ग्रीन रनमा जुम्लाका युवकराज र बाँकेको कोहलपुरकी दीपशीखाले उपाधि हासिल गरेका हुन् ।

खजुरा गाउँपालिकाको सितापुरमा भएको पाँच किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार यादव दोस्रो र जुम्लाका यमराज खत्री तृतीय भए । खुला छात्रा २.५ किमीमा कोहलपुरकी दीपशीखा प्रथम हुँदा, कोहलपुरकी स्वस्तिका शाही र बर्दियाकी राधा सुनार तृतीय भए ।

खजुरापालिका स्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमरमाविका युसुफ विक तृतीय भए । त्यसैगरी छात्रा २.५ किमीमा अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविका विनिता पुलामी तेस्रो भइन् । विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरन गौतम, मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, वडाअध्यक्ष धनराम ओली, वल्र्ड क्लास धावक केन्याका जोन केलाईले नगद तथा पदक वितरण गरेका थिए ।

कार्यक्रममा धारा नेपालगन्ज म्याराथनका सदभावना दुत मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधानले प्रकृतिलाई पहिलो गुरु मान्नुपर्ने धारणा राखिन् । सबै मिलेर प्रकृति जोगाउन सकेमात्र मानव अस्तित्व जोगिने उनको भनाइ थियो । ‘दौडले समाजलाई जोड्छ, स्वस्थ राख्छ । ’ श्रृच्छाले भनिन्,‘ आजैदेखि सबैले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्नतर्फ लागौं, स्वस्थ समाज निर्माण गरौं ।’

सोमबारमात्र श्रृच्छा र कमनवेल्थ गेम्स २०१०का स्वर्ण पदक विजेता केन्याका जोनलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त गरिएको थियो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले जागरण फैलाउने उद्देश्यले आयोजित ग्रीन रनले ठुला सेलिब्रिटीमार्फत सन्देश फैलाउन सफल भएकोमा आयोजकलाई बधाई दिए । पालिकाले आयोजकसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै लुम्बिनी प्रदेशका सदस्यसचिव गौतमले समेत पृथक अवधारणाको दौडले समाजलाई शान्ति, एकता र सदभावको मालामा जोड्ने बताए ।

विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट प्रमाणीकरण रुट भएको धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिबार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : १४ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता