२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड



काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड रहेको थियो ।

यस्तै, खुद सेवा आय रु ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौ दशमलव आठ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १० अर्ब ५५ करोड रहेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : २१ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक