३ आश्विन २०८३, शनिबार | September 19, 2026

कूटनीतिक उदासिनता र ढिलासुस्तीका कारण विपिनको ज्यान गयो : पूर्वआयुक्त अन्सारी

विपिन जोशीको स्मरणमा नेपालगन्जमा दीप प्रज्वलन



नेपालगन्ज । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीको नेतृत्वमा इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको सम्झनामा नेपालगञ्जमा बुधबार साँझ त्रिभुवन चौकमा दीप प्रज्वलन गरिएको छ । साँझ ५ः३० बजे सुरु भएको कार्यक्रममा मानव अधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि र स्थानीय युवाहरूको उपस्थितिमा जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै पूर्व आयुक्त मोहना अन्सारीले विपिन जोशीको जीवन जोगाउन सकिने अवस्था रहँदा पनि राज्यको कूटनीतिक उदासिनता र ढिलासुस्तीका कारण उनको ज्यान गएको बताइन् । उनले नागरिकको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताइन् ।

लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारी लाल यादवले एक नेपाली युवा अन्तर्राष्ट्रिय आतङ्ककारी समूहको सिकार हुँदा पनि राज्य मौन रहेको आरोप लगाए ।

मानव अधिकारकर्मी रुबि खानले विपिन जोशीको बलिदानले आफुहरुलाई मानवता र शान्तिको पक्षमा अझै दृढ बनाएको उल्लेख गरिन् ।

अधिकारकर्मी एंव पत्रकार आलम खानले सामान्य नागरिकका हकहितका विषयमा समेत राज्य संवेदनशील हुन नसक्नु दुःखद् भएको बताउँदै विपिनको सम्झनामा जलाइएको यो दीप न्याय र मानवताको प्रतीक भएको बताए ।

जोशीको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले राज्यसत्तालाई नागरिकको सुरक्षाप्रति जिम्मेवार बन्न र विपिन जोशीप्रति उचित सम्मानका साथ राष्ट्रिय स्तरमा श्रद्धाञ्जली कार्यक्रम गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ११ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा