८ बैशाख २०८१, शनिबार | April 20, 2024

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘एमसीसी सम्झौता अनुमोदन हुन्छ’



बुटवल । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले ‘बहुचर्चित र बहुविवादित’ एमसीसी सम्झौता अनुमोदन हुने बताएका छन् ।

प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले एमसीसीका विषयमा रहेका केही प्रश्नको उत्तर खोजेर एमसीसी अनुमोदन हुने बताएका हुन् ।

मन्त्री ज्ञवालीले पार्टीको स्थायी समितिमा एमसीसीमा के के सच्याउने भन्ने एजेन्डा नउठेको दाबी गरे । उनले भने, ‘तर पार्टीमा उठेका हरेक प्रश्नको उत्तर खोज्दै आवश्यक परे सच्चाएर एमसीसी अनुमोदन हुन्छ ।’

मन्त्री ज्ञवालीले पार्टी झण्डै झण्डै फुटको अवस्थामा पुगेको स्वीकार गरे । पार्टी फुट्छ की भन्ने भयले स्थिरता चाहनेहरु चिन्तामा भएको बताउँदै ज्ञवालीले अहिले पार्टी पुरानै एकताको अवस्थामा पुगेको दाबी गरे । उनले भने, ‘अझै पनि अन्तरविरोधहरु छन्, जसलाई चैतमा महाधिवेशन बाट समाधान हुने विश्वास छ ।’

 

भारतसँगको सम्बन्ध

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता हुने विश्वास व्यक्त गरे ।

नेपालको सम्पूर्ण भुगोललाई समेटेर नयाँ नक्शा जारी गरिएको बताउँदै मन्त्री ज्ञवालीले खोसिएको भुभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप उर्जा थपिएको बताए । उनले कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।

कालापानी पश्चिममा रहेका नेपालीसँग कसरी सम्पर्क गर्ने भन्नेबारे सोधिएको एक प्रश्नमा ज्ञवालीले भारतीय सेना हटेर नेपाललाई आफ्नो भूभाग उपभोग गर्न दिनुपर्ने बताए ।

‘निश्चित प्रयोजनका लागि वर्षौपहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । नेपाललाई आफ्नो भुभाग उपयोग गर्न दिनुपर्छ’, उनले भने ।

नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन सम्बाद्ध भएको जानकारी दिए ।

ज्ञवालीले विकासका सवालमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै राष्ट्रियताको पक्षमा नेपाल उभिँदा भने सम्बन्धमा केही समस्या परेको जनाए ।

 

कोरोना महामारी 

स्वास्थ्य संकटमा परेका जनतालाइ राहत पु-याउने सरकारको प्राथमिकतामा छ । स्वास्थ्यका उपकरण थप गरिरहेको छ

हामीले अनुमान गरेको साउन भदौमा कोरोना पिकमा पुग्छ र त्यसपछि विस्तारै कम हुँदै जान्छ भन्ने हामीले गरेको पूर्वानुमान मिलेको छैन ।

एशियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो संकेत गरेको छैन । त्यसैले अर्थतन्त्रलाई चलायमान गराउन सकेनौं भने हामी निकै खुम्चेनेछौं त्यसैले स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजेका हौ ।

तर, आर्थिक गतिविधि गर्दा सावधानी अपनाउन आवश्यक रहेको उनले स्पष्ट पारे । व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन ब्याज, किस्ता र करमा सहुलियत दिइएको मन्त्री ज्ञवालीले बताए।

 

विद्युत प्राधिकरणमा कुलमान !

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नेबारे सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले सकारात्मक काम गर्ने विषयमा सरकार सकारात्मक बन्ने बताए । ज्ञवालीले प्राधिकरणमा नियुक्तिका विषयमा सरकारले उपयुक्त निर्णय गर्ने जनाए ।

कुलमानको बिषयमा सकारात्मक काम गर्नेका बिषयमा सरकार सकारात्क छ । नियुक्तिका बिषयमा सरकारले उपयुुक्त निर्णय गर्ने बिश्वास व्यक्त गरे ।

 

 

 

 

 

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १२ : ५७ बजे

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी