काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन अभूतपूर्व वृद्धि भएको छ।
शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो। यसअनुसार, एकैदिनको बढोत्तरी पछिल्लो समयको सबैभन्दा ठूलो हो।
महासंघका अनुसार पछिल्लो एक महिनामा सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। भदौ ३० गते प्रतितोला २ लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य हालसम्म ४३ हजार रुपैयाँले उकालो लागेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव परेको बताइएको छ। शुक्रबारको मूल्य हालसम्मकै उच्च दर हो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँ बढ्दै शुक्रबार चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।


















प्रतिक्रिया