५ आश्विन २०८३, सोमबार | September 21, 2026

सुनको भाउमा एकैदिन अभूतपूर्व वृद्धि, प्रतितोला मूल्य २ लाख ५८ हजार रुपैयाँ



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन अभूतपूर्व वृद्धि भएको छ।

शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो। यसअनुसार, एकैदिनको बढोत्तरी पछिल्लो समयको सबैभन्दा ठूलो हो।

महासंघका अनुसार पछिल्लो एक महिनामा सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। भदौ ३० गते प्रतितोला २ लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य हालसम्म ४३ हजार रुपैयाँले उकालो लागेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव परेको बताइएको छ। शुक्रबारको मूल्य हालसम्मकै उच्च दर हो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँ बढ्दै शुक्रबार चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : २४ बजे

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित

बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा