१३ भदौ २०८३, शनिबार | August 30, 2026

मतदाता नामावली दर्ता गर्न गराउन कांग्रेस महामन्त्रीद्वयको परिपत्र



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता बढाउन अपिल गरेका छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उहाँले छठपर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न/गराउन अपिल गरेका हुन् ।

उनीहरूले संयुक्तरूपमा विशेष परिपत्र जारी गरी जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाँती राखेर ‘मतदाता दर्ता अभियान’मा लाग्न निर्देशन गर्दै प्रदेश संसदीय दलमा रहनुभएका सबै साथीलाई आ–आफ्नो क्षेत्रमा बसेर ‘मतदाता दर्ता अभियान’ व्यापक बनाउन निर्देशन र परिचालन गर्न अपिल गरेका हुन् ।

उनीहरुले जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थल पुगेर कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने उल्लेख गरेका छन् ।

महामन्त्रीद्वयले हरूले दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र लग्नुपर्ने तथा नागरिकता नबनाएका युवाहरूको हकमा नागरिकता बनाएर सोही दिन नै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यहोरा सबैलाई स्पष्ट बुझाउन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : २० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ