१९ माघ २०८२, सोमबार | February 2, 2026

मनहरीमा भारतीय ग्यास बुलेटको ठक्करबाट पतिको मृत्यु, पत्नी र छोरा घाइते



हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा भारतीय ग्यास बुलेटको ठक्करबाट एक जना स्कुटर चालक श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन्।

मृत्यु हुनेमा सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन्। उनकी २८ वर्षीया पत्नी सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ घाइते भएका हुन्। सरस्वतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको चितवनको एक अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक केदार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ।

प्रहरीका अनुसार श्रेष्ठ परिवार चितवनबाट हेटौंडातर्फ आइरहेको बा प्र २–०५७ प ३२३० नम्वरको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ग्यास बुलेट (एन ०१ एन ०२८०) ले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक केदार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ।

प्रहरीले ग्यास बुलेटका चालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १ : १८ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली