१८ असार २०८३, बिहिबार | July 2, 2026

विप्लव नेकपाको नयाँ नाम ‘कम्युनिष्ट पार्टी नेपाल’, निर्वाचन आयोगमा दर्ताका लागि निवेदन

विप्लवको संसदीय राजनीतिक यात्रा सुरु



काठमाडौँ । अहिलेसम्म नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहेकोमा आजबाट सो पार्टीको नाम ‘कम्युनिष्ट पार्टी नेपाल’ बनेको छ । निर्वाचन आयोगमा आज ‘कम्युनिष्ट पार्टी नेपाल’ को नामबाट दल दर्ताका लागि निवेदन दिएसँगै विप्लव नेतृत्वको पार्टीको नाम ‘कम्युनिष्ट पार्टी नेपाल’ बनेको हो ।

आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितले दल दर्ताको निवेदन दिएका छन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले निर्वाचनमा गएर दलहरुको समर्थन लिने लोकतान्त्रिक अभ्यासमा लागेकामा सो दलका नेता–कार्यकर्तालाई धन्यवाद दिए । आयुक्त भण्डारीले विशेष परिस्थितिमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनलाई सफल तुल्याउन राजनीतिक दल र सम्बद्ध पक्षसँगको परामर्शमा आयोगले काम गर्ने विश्वास दिलाए ।

नेता विश्वकर्माले लोकतान्त्रिक आन्दोलनलाई पुनः सङ्गठित गर्दै मुलुकका विभिन्न कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यका लागि वार्ता भइरहेको बताए । उनले समाजवाद स्थापनाका लागि सिद्धान्तनिष्ठ सच्चा कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वको प्रश्नमा आफूहरु केन्द्रित रहेको पनि जानकारी दिए ।

विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : ०८ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले